प्रदेश १ मा नेपाल पक्ष अविश्वासको प्रस्ताव फिर्ता लिन राजी, सात दिनको समयसीमा
११ चैत २०७७ विराटनगर । माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव फिर्ता लिने बचन दिएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सत्ता संकट टरेको छ ।
आज बसेको प्रदेश एकको नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएको छ । माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु पनि हस्ताक्षर फिर्ता लिन सहमत भएका छन् ।
एमाले संसदीय दलको बैठकमा नेपाल–खनाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए । संसदीय दलको बैठकमा राईले अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता नलिए विधान अनुसार कारबाही थालिने जानकारी गराउनुभएको छ ।
अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल–खनाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिनुभयो ।
प्रदेश १ सभामा एमालेका ५१ सांसद मध्ये नेपालखनाल पक्षका २० जना रहेका छन् । प्रदेश एकमा एमाले एक्लैको बहुमत छ ।
प्रतिक्रिया