नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
१० चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा लागेको हो ।
बैठकमा पार्टीका आगामी कार्ययोजनालगायत विषयमा छलफल हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थनबारे पनि आजको बैठकमा छलफल हुनेछ ।
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने वा समर्थन फिर्ता लिने भनेर आजको बैठकले निर्णय गर्न सक्ने बताइएको छ । माओवादीले अविश्वासको प्रस्ताव फिर्ता लिए वर्तमान ओली सरकार अल्पमतमा पर्छ ।
त्यसपछि सरकारले विश्वासको मत लिनुपर्छ । तर अविश्वासको प्रस्ताव दर्ता गरेको एक वर्षसम्म फेरी प्रस्ताव दर्ता गर्न नपाइने भएकाले नेकपा माओवादीले यस बारे निर्णय गर्न सकेको छैन ।
निर्वाचन आयोगले तत्कालिन एमाले र माओवादी केन्द्रलाई पठाएको पत्रमा फेरि एकता गर्न चाहे १५ दिनभित्र पत्र पठाउन आग्रह गरेको थियो । उक्त म्याद आज सकिंदै छ ।
यसबारेमा पनि निर्णय आउन सक्ने बताइएको छ । आगामी सत्ता समिकरणबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि अनिर्णित भएकाले माओवादी समस्यामा छ ।
प्रतिक्रिया