Political Hightlights

कांग्रेसद्वारा झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ९ गते १९:२०
कांग्रेसद्वारा झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसले अहिलेसम्म झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण भएको छ ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले आज पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुलाई यसबारे जानकारी गराउनुभएको हो ।

लेखकका अनुसार हालसम्म २ लाख १२ हजार ५१९ जनाको क्रियाशील सदस्यता नवीकरण भएको छ भने १ लाख ८० हजार २७५ नयाँ वितरण भएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रले नयाँ वितरण तथा जिल्ला कार्यसमितिले सदस्यता नवीकरणको तथ्यांक केन्द्रमा पठाउने जिम्मेवारी पाएको छ । नौ जिल्ला अहिले पनि काम शुरु नभएको लेखकले जानकारी दिनुभयो ।

महाधिवेशन कार्यतालिकाअनुसार एक निर्वाचन क्षेत्र भएका जिल्लाले क्रियाशील सदस्यता वितरण तथा नविकरणको सबै तथ्यांक भोलि चैत १० भित्र सबै केन्द्रमा पठाइसक्नुपर्नेछ ।

समयमै यो काम नगर्ने जिल्लालाई महाधिवेशनमा भाग लिनबाट रोक्ने केन्द्रीय कार्यसमितिको यसअघिको निर्णय छ । तर अब यो निर्णय लिइहाल्ने अवस्था छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्