Political Hightlights

नेपाल समूहका नेता राई भन्छन्–कारबाहीको डरले ओलीविरुद्धको संघर्ष रोकिँदैन

हिमालय टिभी
२०७७ चैत ८ गते १५:१४
नेपाल समूहका नेता राई भन्छन्–कारबाहीको डरले ओलीविरुद्धको संघर्ष रोकिँदैन

८ चैत २०७७ काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राईले कारवाहीको डरले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको संघर्ष नरोकिने बताउनुभएको छ ।

अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको अर्को दिन नेता राईको प्रतिक्रिया आएको हो ।

प्रदेश १ का सांसद समेत रहेका राईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाहीका लागि चुनौती दिनुभएको छ । सांसद राईले फेसबुक मार्फत अध्यक्ष ओलीमाथि केही गम्भीर प्रश्न पनि उठाउनु भएको छ ।

राईले कारवाहीबाट जनप्रतिनिधिको पद गए र आउँदो चुनाव नजितिए पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुस्कार्यसँग कुनै सम्झौता नहुने बताउनुभएको छ । न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन रहेकोमा आफू जानकार रहेको राईले उल्लेख गर्नुभएको छ ।

प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दार कम्युनिस्ट पार्टीभित्र जन्मिन सक्ने र इतिहासमा धेरै पटक जन्मिएको भन्दै राईले जनताको आन्दोलन, कम्युनिस्ट आन्दोलन नरोकिने तथा अब पनि नरोकिने दावी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्