Political Hightlights

गुटगत भेला गर्नेलाई स्पष्टिकरण सोध्ने एमाले संस्थापन पक्षको निर्णय

हिमालय टिभी
२०७७ चैत ७ गते १७:०८
गुटगत भेला गर्नेलाई स्पष्टिकरण सोध्ने एमाले संस्थापन पक्षको निर्णय

७ चैत २०७७ काठमाडौं । नेकपा एमाले संस्थापन समूहको संसदीय दलले गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले संसदीय बोर्डमार्फत स्पष्टिकरण सोध्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको एमाले नेता एवं सांसद शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको समूहले अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिस्कार गर्दै आएको छ ।

आज बसेको संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि यो समूहले बहिस्कार गरेको छ । त्यसपछि ओली समूहले उनीहरुलाई कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको नेपाल समूह समूहले तल्लो तहसम्म समानान्तर गतिविधि गर्ने निर्णय गर्दै जनसंगठनको भेला गरिरहेको छ । हिजो महिला संघको भेला गरेको नेपाल–खनाल समूहले आज युवा संघको भेला गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्