Political Hightlights

गुटगत गतिविधिमा संलग्नसँग स्पष्टिकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

हिमालय टिभी
२०७७ चैत ७ गते १५:०५
गुटगत गतिविधिमा संलग्नसँग स्पष्टिकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

७ चैत २०७७ काठमाडौं । नेकपा एमाले संस्थापन पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको आव्हानमा बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकमा नेपाल(खनाल समूह भने सहभागी भएको छैन । त्यसअघि बालुवाटारमै संसदीय दल र संसदीय बोर्डको बैठक बसेको छ । उक्त बैठकमा पनि नेपाल खनाल समूह सहभागी भएन ।

संसदीय दल र बोर्डको बैठकले गुटगत गतिविधिमा संलग्नलाई कारवाही अघि बढाउने निर्णय गरेको छ । बोर्डको बैठकले संसदीय दलमा नआउनेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।

संसदीय दलले विधान संशोधन प्रस्ताव पारित गरेको छ । एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको विधान पुरानो भएकाले संशोधनसहित पारित गरिएको जानकारी दिनुभयो । उहाँले संसदीय दलको संशोधित नयाँ विधानले संसदीय दलका नेताले पार्टी निर्णय र हितविरुद्ध काम गर्ने सांसदलाई बढीमा छ महीनासम्म निलम्बन गर्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।

यसैगरी दलको विधानमा संसदीय दलका नेताले नै संसदीय दलका उपनेता, मुख्य सचेतक र सचेतक तथा राष्ट्रियसभाका सचेतक र दलको प्रनिनिधि मनोनीत गर्ने व्यवस्था गरेको छ । यस्तै उहाँका अनुसार बैठकले यही चैत ५ गते गरेको प्रस्तावका आधारमा २४ सदस्यीय संसदीय बोर्ड बनाउने निर्णयलाई पनि सर्वसम्मत पारित गरेको छ ।

बोर्डमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य तथा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकु¥याल, खिमलाल भट्टराई, डा बिन्दा पाण्डे, राधाकुमारी ज्ञवाली, दामोदर भण्डारीलगायत रहनुभएको छ ।

यसअघि बनाएको कार्यदलले प्रस्ताव पेश गरेको थियो । अब संशोधित् विधान केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

यअसघि पाँच गते खनाल–नेपाल समूहका नेता सहभागी नभएको बैठकले संसदीय बोर्ड गठन गरेको थियो । संसदीय बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई समेत राखिएको छ । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्