Political Hightlights

नेपाल–खनाल समूहको बैठक सिंहदरबारमा बस्दै

हिमालय टिभी
२०७७ चैत ७ गते ९:०१
नेपाल–खनाल समूहको बैठक सिंहदरबारमा बस्दै

७ चैत २०७७ काठमाडौं । नेकपा एमालेको असन्तुष्ट समूहको बैठक आज सिंहदरबारमा बस्दैछ ।

नेताहरू माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदलाई अहिले बिहान सिंहदरवारमा रहेको एमाले संसदीय दलको कार्यालयमा उपस्थित हुनका लागि सूचना पठाइएको छ ।

१० बजे आफूहरू सिंहदरबारको बैठकमा जान लागेको नेपाल–खनाल समूहका एक सांसदले बताए । समानान्तर कमिटी र गतिविधि गर्ने पूर्व योजनाअनुसार यो समूहको बैठक बस्न लागेको हो ।

आगामी रणनीतिका बारेमा छलफल गर्न बैठक बोलाइएको सांसदहरूलाई भनिएको छ । ४० जना सांसद यो समूहमा रहेको दावी गरिए पनि यो सङ्ख्या भने घटबढ हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्