Political Hightlights

एमालेको नेपाल पक्षले आज काठमाडौंमा युवाहरुको राष्ट्रिय भेला गर्दै

हिमालय टिभी
२०७७ चैत ७ गते ८:०४
एमालेको नेपाल पक्षले आज काठमाडौंमा युवाहरुको राष्ट्रिय भेला गर्दै

७ चैत २०७७ काठमाडौं । समानान्तर गतिविधि अघि बढाएको नेकपा एमालेको माधव नेपाल पक्षले आज युवाहरूको राष्ट्रिय भेला बोलाएको छ ।

दुई दिने राष्ट्रिय कार्यकर्ता भेलापछि नेपाल–खनाल समूहले जनसंगठनको समानान्तर गतिविधि अघि बढाएको हो । आज युवा संघ नेपालको राष्ट्रिय सभागृहमा भेला बोलाइएको आयोजक कमिटीका संयोजक नरेश शाहीले जानकारी दिनुभयो ।

भेलाले पछिल्लो परिवर्तित अवस्थामा युवा संघलाई पुनर्गठन र सृदृढिकरण गर्ने तयारी भएको शाहीको दाबी छ । भेलालाई वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले माउ पार्टी ब्युँतिएसँगै भ्रातृ संगठनहरूलाई पनि २०७५ जेठ २ को अवस्थामा पुर्‍याएको सो पक्षको जिकिर छ ।

भेलामा केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुखलगायतको पदाधिकारीहरू सहभागी हुनेछन् ।

आन्तरिक असन्तुष्टि बढेसँगै नेकपा एमालेको माधव पक्षले कार्यकर्ता, महिला, किसानको छुट्टै भेला गरिसकेको छ । हिजो मात्रै महिलाको राष्ट्रिय भेला आयोजना गरिएको थियो ।

चैत १० गते विद्यार्थीको राष्ट्रिय भेला बोलाइएको छ । अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ । सर्वोच्च अदालतले पुनर्स्थापना गरेको एमालेभित्र विवाद बढ्दै जाँदा समानान्तर गतिविधि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्