मुलुकलाई निकास दिन चुनावी सरकार गठन गर्नुपर्छः कांग्रेस नेता कोइराला भिडियो रिपोर्टसहित)
४ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले चुनावमा गएर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले मुलुकलाई निकास दिन चुनावी सरकार बनाउनु पर्ने बताउनुभयो । चुनावी सरकारको नेतृत्वका लागि कांग्रेसले दाबी गर्नु पर्ने पनि उहाँले बताउनुभयो ।
नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले मात्रै विरोध गर्नु परेको बताउनुभयो ।
पार्टीको महाधिवेशनमा आफू सभापति बाहेक अरु पदमा नउठ्ने पनि उहाँले जानकारी दिनुभयो ।
अब पनि कांग्रेसको महाधिवेशन नहुने भने पार्टी नेकपा जस्तै समस्यामा पर्ने कोइरालाको भनाइ छ । कोइरालाले आउने महाधिवेशनमा कार्यकर्तालाई गुटको भन्दा पार्टीको नेता छान्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया