Political Hightlights
सरकार ढाल्न देउवाले देखाएको उदासिनता रहस्यमयः वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)
२०७७ चैत ३ गते १३:२३

३ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकार ढलाउन सभापति शेरबहादुर देउवाले उदासिनता देखाउनु रहस्यमय भएको टिप्पणी गर्नुभएको छ ।
पोखरामा आज बिहान भएको कार्यक्रममा नेता पौडेलले जनता समाजवादी पार्टी र माओवादी केन्द्रलाई साथ लिएर नयाँ सरकार बनाउनुपर्नेमा सभापति देउवाले पहल नै नगरेको आरोप लगाउनुभयो ।
वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिमा राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलहरु चलिरहेकाले त्यसलाई रोक्न पनि कांग्रेसले पहल गर्नुपर्ने बताउनुभयो ।
नेता पौडेलले लोकतन्त्रिक प्रकृया, प्रणालीको रक्षा गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया