Political Hightlights

वामदेव गौतमले बोलाए भोलि आफ्नो समूहको भेला

हिमालय टिभी
२०७७ चैत २ गते १३:२६
वामदेव गौतमले बोलाए भोलि आफ्नो समूहको भेला

२ चैत २०७७ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाउनु भएको छ ।

अध्यक्ष केपी शर्मा अ‍ोलीले उपाध्यक्षसहित एमालेका सबै पदाधिकारी खारेज गरेको विषयमा छलफल गर्न भोलि बिहान ११ बजे बल्खुस्थित एक पार्टी प्यालेसमा भेला बोलाउनु भएको हो ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री अ‍ोलीसँग मिल्ने र सँगै जाने सबै सम्भावना समाप्त भएको घोषणा गर्नुभएको थियो । ओलीले आफूनिकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर आफ्नो समूहको सबै जिम्मेवारी खोसेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूह रुष्ट छ ।

नेपाल पक्षले समानान्तर कमिटी बनाएर ओलीको निर्णयलाई चुनौति दिएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित भएपछि गौतमले राष्ट्रिय एकता अभियान शुरु गर्नु भएको थियो ।

विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्