Political Hightlights

नेकपा एमालेका अध्यक्ष ओली र नेपाल पक्षबीच छलफल

हिमालय टिभी
२०७७ चैत २ गते १३:१६
नेकपा एमालेका अध्यक्ष ओली र नेपाल पक्षबीच छलफल

२ चैत २०७७ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच अहिले भेटवार्ता भइरहेको छ । भेट एमाले पार्टी कार्यालय धुम्बाराहीमा भइरहेको हो ।

भेटमा ओलीसहित उहाँको तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ हुनुहुन्छ । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी रहनु भएको छ ।

ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार नभएपछि पार्टी कार्यालयमा यो छलफल भएको हो । ओली र नेपालबीच चार महिनापछि पहिलो पटक औपचारिक भेटवार्ता भएको हो ।

गएको कात्तिक २५ गते आफू निकट नेताहरुसहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेट्नु भएको थियो । त्यसपछि एक्लाएक्लै भेटवार्ता भएको छैन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि भने एक अर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय नै गर्दै आएका ओली र नेपालबीच भएको यो भेटलाई सम्बन्ध सुधारको कदमका रुपमा लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्