Political Hightlights

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७७ चैत २ गते ८:५७
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

२ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजपनि बस्दैछ । हिजोबाट शुरु भएको बैठकमा विभिन्न विषयमा छलफल हुने क्रम जारी छ ।

केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने कार्यसूची रहेको छ।

यसअघि, हिजोको बैठकबाट पार्टीको तर्फबाट मन्त्री पदमा रहेका नेताहरूलाई मन्त्री पद त्यागेर फिर्ता हुन पार्टी केन्द्रीय कार्यालयले निर्देशन दिने भन्दै गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।

अन्य पार्टीमा रहेका केन्द्रिय कमिटीका सदस्यहरूलाई पनि आफ्नो स्थिति सार्वजनिक गर्न दिएको निर्देशनलाई समेत अनुमोदन गर्ने बैठकले निर्णय गरेको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

उहाँले सरकारमा रहेका पार्टीका पदाधिकारीलाई फिर्ता बोलाइए पनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नभएको पनि प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्