Political Hightlights

माओवादी केन्द्रको नाम फर्ने विषय केन्द्रीय समितिमा प्रवेश

हिमालय टिभी
२०७७ चैत १ गते १८:५३
माओवादी केन्द्रको नाम फर्ने विषय केन्द्रीय समितिमा प्रवेश

१ चैत २०७७ काठमाडौं । पार्टीको नाम फेर्ने विषयले नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रवेश पाएको छ ।

आजदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलको एजेण्डामा नाम फेर्ने प्रस्ताव गरिएको छ । यसबारे अर्को बैठकमा छलफल हुनेछ ।

सर्वोच्च अदालतले माओवादी केन्द्र ब्यूँताईदिएपछि बसेको पहिलो बैठकमै नाम फेर्ने प्रस्ताव गएको छ । स्थायी समितिले नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा छलफल गरेपछि यो प्रस्ताव केन्द्रीय समितिमा लगिएको हो ।

माओवादी केन्द्रले २ सय सदस्यीय केन्द्रीय कमिटीलाई कायम राख्ने निर्णय गरेको छ । पार्टी एकताको क्रममा ४ सय ४१ केन्द्रीय सदस्यमध्ये माओवादीको भागमा दुई सय केन्द्रीय सदस्य परेका थिए।

तर, एकता भंग भए पनि २ सय केन्द्रीय कमिटीलाई कायम राख्ने निर्णय भएको छ । एकता अघि माओवादी केन्द्रको केन्द्रीय समिति चार हजार सदस्यीय थियो ।

आजको बैठकमा कांग्रेस र जसपासँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्नेमा जोड दिइएको छ । तर ओलीबाट अलग भएपनि ओली प्रवृत्ति रहेको भन्दै प्रदेश ईञ्चार्जहरुले त्यो प्रवृत्ति कायम राखेर पार्टी बन्न नसक्ने टिप्पणी गरेका छन ।

बैठकले गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, शहरी विकास मन्त्री प्रभु साह र श्रममन्त्री गौरी शंकर चौधरीलाई राजिनामा दिन भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्