Political Hightlights

माओवादी केन्द्रको बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव, के होला नयाँ नाम ?

हिमालय टिभी
२०७७ चैत १ गते १५:०५
माओवादी केन्द्रको बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव, के होला नयाँ नाम ?

१ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव पेश भएको छ ।

केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको बैठकमा नाम फेर्ने प्रस्ताव पेश भएको हो । स्थायी समिति बैठकमा पार्टीको नाम फेरेर नेपाली कम्युनिस्ट पार्टी राख्ने विषयमा सहमति भएको र त्यही प्रस्ताव केन्द्रीय समितिमा पेश भएको एक नेताले जानकारी दिएका छन ।

आवश्यक छलफलपछि आजै पार्टीको नाम परिवर्तन गर्ने निर्णय हुनसक्ने सम्भवना रहेको पनि ती नेताले बताए । माओवादीले अन्य पार्टीबाट आफ्नो पार्टीमा आउनेहरुलाई सहज हुनेगरी दलको नाम फेर्न लागेको हो ।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई वैधानिकता नदिई पूर्ववत् अवस्थामा फर्काइदिएपछि दुई पार्टी पुरानै नाममा क्रियाशील भएका छन ।

बैठकमा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहितका नेताहरुलाई कारबाही गर्ने प्रस्तावमाथि पनि छलफल चलिरहेको छ । थापा सहितका नेताहरुलाई अनुशासनको कारबाही हुनेछ ।

माओवादी केन्द्रबाट मन्त्री बनेका थापासहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, शहरी विकासमन्त्री प्रभु शाह, खेलकूद मन्त्री दावा तामाङसहित एमालेमा गएका २३ गएकामाथि कारबाहीको तयारी गरिएको छ ।

बैठकमा अहिले विधान, संगठनात्मक संरचना र अनुशासनबारे छलफल चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्