Political Hightlights
जसपा अरुको पछि लागेर सरकारमा जाँदैनः अध्यक्ष डा. भट्टराई
२०७७ चैत १ गते १३:१२

१ चैत २०७७ काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टी अरुको पछि लागेर सरकारमा नजाने बताउनुभएको छ ।
पार्टीले सत्ता समीकरणका लागि अन्य दलसँगको भेटलाई तीव्र बनाइरहेका बेला आएको भट्टराईको यो भनाइलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ।
समाजिक सञ्जलमार्फत उहाँले जसपा कसैको पुच्छर नबन्ने बताउनु भएको हो । सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताउनु भएको छ ।
उहाँले जान्नै पर्ने कुरा भन्दै जसपाका तीन विशेषता औँल्याउनु भएको छ ।
प्रतिक्रिया