Political Hightlights

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् आजका एजेण्डा

हिमालय टिभी
२०७७ चैत १ गते ७:२६
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् आजका एजेण्डा

१ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा सत्ता समीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।

हिजो बसेको स्थायी कमिटी बैठकले आजका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो । भोलिका लागि बोलाइएको राष्ट्रिय भेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ ।

आजको बैठकले पार्टी छोडेर नेकपा एमालेमा गएका नेताहरुलाई आजसम्म स्पष्टिकरणसहित मूल पार्टीमा नफर्के कारवाही गर्ने भएको छ । हिजोको स्थायी कमिटी बैठकले २४ घण्टे अल्टिमेटम दिएर सरकारमा सहभागी ६ जना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो । उक्त समय आज सकिँदैछ ।

आजसम्म नफर्के कारवाही गर्ने माअओवादीको तयारी छ । गृहमन्त्री राम बहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकूदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा हुनुहुन्छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले ६ जना मन्त्रीसहित २३ माओवादी नेतालाई शुक्रबार एमालेको केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्