Political Hightlights

नेकपा एमाले नेपाल–खनाल समूहद्वारा समानान्तर कमिटी घोषणा

हिमालय टिभी
२०७७ फागुन २९ गते १५:०३
नेकपा एमाले नेपाल–खनाल समूहद्वारा समानान्तर कमिटी घोषणा

२९ फागुन २०७७ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले समानान्तर कमिटी घोषणा गरेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले हिजो एकलौटी रुपमा बैठक बोलाएर विभिन्न निर्णय गरेपछि खनाल–नेपाल समूह समानान्तर कमिटी गठनमा जुटेको हो ।

ओली समूहको निर्णय अस्वीकार गर्दै नेपाल–खनाल समूहले आज केन्द्रीय समिति बैठक बोलाएको छ । संखमुलस्थित एक होटलमा जारी बैठकले समानान्तर कमिटी बनाउनुका साथै विभिन्न नेतालाई जिम्मेवारी तोकेको छ ।

नेपाल–खनाल समूहले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डेलाई प्रदेश संयोजकको जिम्मा दिएको छ ।

यस्तै लुम्बिनी र कर्णालीको संयोजकको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ । युवा विभागको प्रमुखमा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागमा योगेश भट्टराई, महिला विभागमा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई तोकिएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खनाल समूहका नेताहरुबाट जिम्मेवारी खोसेपछि यो समूहले समानान्तर कमिटी गठन गरेको हो ।

ओलीले हिजो नेपाल खनाल पक्षका नेताको जिम्मेवारी खोसेर आफू निकटकालाई दिनु भएको थियो । त्यसलगत्तै हिजै नेपाल खनाल पक्षको स्थायी कमिटि बैठक बसेको थियो । त्यो स्थानीय कमिटी बैठकको निर्णय अनुसार अहिलेको केन्द्रीय कमिटी बैठकले देशभर समानान्तर कमिटी गठन गरेको हो । खनाल-नेपाल समूहले चैत ४ गते काठमाडौंमा राष्ट्रिय भेला पनि बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्