Political Hightlights

कांग्रेस र जसपासहितको गठबन्धन सरकार बनाउन माओवादी केन्द्रको प्रस्ताव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २९ गते १३:१७
कांग्रेस र जसपासहितको गठबन्धन सरकार बनाउन माओवादी केन्द्रको प्रस्ताव (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ काठमाडौं । भावी सत्ता समीकरणका विषयमा माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा)सँग नेपाली कांग्रेससहितको गठबन्धन सरकार बनाउन प्रस्ताव गरेको छ ।

नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा आज भएको छलफलमा माओवादीले कांग्रेससहितको गठबन्धनको प्रस्ताव राखेको हो ।

जसपाले राखेको मुद्दा सम्बोधनबारे कांग्रेससँग छलफल गरेर ठोस निश्कर्ष दिइने केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो । ओली सरकार ढाल्नका लागि जसपा र कांग्रेससँग मिल्न आफुहरु तयार रहेको पनि श्रेष्ठले बताउनुभयो ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले माओवादी केन्द्रका नेताहरुले आफुहरुको मुद्दा सम्बोधनका लागि ठोस जवाफ दिन नसकेको बताउनुभयो । छलफल सकारात्मक भए पनि निश्कर्षमा पुगिनसकेको ठाकुरले जानकारी दिनुभयो ।

जसपाले सांसद रेशम चौधरीसहित जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ, आफ्ना नेता कार्यकर्तालाई लगाइएको विभिन्न मुद्दा फिर्ता र संविधान संशोधन हुनुपर्ने माग शर्त राख्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्