Political Hightlights
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
२०७७ फागुन २९ गते ९:०१
२९ फागुन २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ।
हिजो नेपाली काँग्रेस तथा जनता समाजवादी पार्टीसँग सत्ता सहकार्य गर्ने विषयमा भएको छलफल सकारात्मक दिशामा अघि बढेपछि पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाउनु भएको हो ।
देशको पछिल्लो राजनीतिक घटनाक्रम तथा यसबाट उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल तथा झलनाथ खनाल पक्षीय नेतालाई गरेको कारबाहीपछिको अवस्थाबारे समेत छलफल हुने बताइएको छ।
माओवादी केन्द्र छाडेर एमालेमा गएका नेतालाई कारबाही गर्नेबारेमा समेत आवश्यक निर्णय गरिने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया