Political Hightlights

जसपा पार्टी नयाँ सत्ता समीकरणको दौडमा छैनः संघीय परिषद अध्यक्ष डा. भट्टराई

हिमालय टिभी
२०७७ फागुन २८ गते १२:५९
जसपा पार्टी नयाँ सत्ता समीकरणको दौडमा छैनः संघीय परिषद अध्यक्ष डा. भट्टराई

२८ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टी नयाँ सत्ता समीकरणको दौडमा नरहेको बताउनु भएको छ ।

पार्टीका अन्य शीर्ष नेता सत्ता गठबन्धनका लागि दौडधुप गरिरहेका बेला ट्वीट गर्दै भट्टराईले त्यसप्रति असन्तुष्टि जनाउनु भएको हो । देश गम्भीर संकटमा फसेका बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षितस्तरको नभएको उहाँको भनाइ छ।

अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नुका सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिनु पर्ने भन्दै भट्टराईले जसपा त्यो दौडमा नरहेको बताउनु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्