खेलकूद

पीएसजी र लिभरपुल च्याम्पियन्स लीग फूटबलको अन्तिम आठमा प्रवेश

हिमालय टिभी
२०७७ फागुन २७ गते ७:५०
पीएसजी र लिभरपुल च्याम्पियन्स लीग फूटबलको अन्तिम आठमा प्रवेश

२७ फागुन २०७७ काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजी र लिभरपुल च्याम्पियन्स लीग फूटबलको अन्तिम आठमा प्रवेश गरेका छन् ।

च्याम्पियन्स लीग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा फ्रेञ्च लीग वान विजेता पीएसजीले स्पेनिस क्लब बार्सिलोनासँग १–१ गोलको बराबरी खेले पनि समग्रमा ५–२ गोलको नतिजा निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का पारेको हो ।

घरेलु मैदानमा पीएसजीका लागि ३०औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गरेका थिए । तर सात मिनेट नबित्दै बार्सिलोनाका लियोनल मेस्सीले गोल गर्दै खेल १–१ को बराबरी गरेका थिए ।

त्यसपछि दुबैतर्फबाट थप कुनै गोल नहुँदा निर्धारित समयको खेलमा १–१ गोलको बराबरीमा सकिएको थियो । पहिलो लेगमा पीएपसजीले बार्सिलोनालाई उसैको मैदानमा ४–१ गोलले स्तब्ध बनाएको थियो । बार्सिलोना १४ वर्षमा पहिलो पटक क्वाटरफाइनल पुग्न नसकेको हो ।

यस्तै अर्को खेलमा जर्मन क्लब आरबी लाइप्जिगलाई २–० ले हराउँदै समग्रमा ४–० गोलको नतिजा निकाल्दै इंग्लिस क्लब लिभरपुलले क्वाटर फाइनलमा स्थान बनायो ।

घरेलु मैदानमा लिभरपुलका लागि मोहमेद सलाह र साडियो मानेले एक(एक गोल गरेका थिए । अवे मैदानमा भएको पहिलो लेगमा लिभरपुल २० ले नै विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्