Political Hightlights
लुम्बिनी प्रदेशमा सत्ता समीकरणबारे छलफल गर्न कांग्रेसले बनायो कार्यदल
२०७७ फागुन २६ गते १८:४३
२६ फागुन २०७७ रुपन्देही । लुम्बिनी प्रदेशको विपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणलगायत विषयमा अरु दलसँग छलफल गर्न आज कार्यदल गठन गरेको छ ।
कांग्रेस प्रदेशसभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो ।
कार्यदलमा वीरबहादुर राना र रमा अर्याल सदस्य रहनुभएको छ । फागुन २३ गते आएको नेकपासम्बन्धी निर्णयबाट उत्पन्न परिस्थितिबारे दलहरूसँग छलफल गर्न कार्यदल बनाइएको लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले जानकारी दिनुभयो ।
प्रतिक्रिया