Political Hightlights

बोर्ड राख्ने र हटाउने विषयमा धनगढीमा एमाले कार्यकर्ताबीच कुटाकुट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २६ गते १७:१०
बोर्ड राख्ने र हटाउने विषयमा धनगढीमा एमाले कार्यकर्ताबीच कुटाकुट (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ धनगढी । नेकपा एमालेको धनगढीस्थित प्रदेश कार्यालयमा बोर्ड राख्ने र हटाउने विषयमा झडप भएको छ ।

धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा केपी ओली र माधव नेपाल समूहका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको नेमप्लेत तोडफोड गर्दै लेखराज भट्टको नेमप्लेट राखेपछि झडप भएको हो ।

नेकपा हुँदा ओलीलाई साथ दिएका पूर्वमाओवादी नेता भट्ट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि एमालेमा नै रहनु भएको छ ।

उहाँको जिम्मेवारी के हुने भन्ने केन्द्रले टुंगो नलगाउँदै एमालेका प्रदेश अध्यक्ष कर्ण थापा नेतृत्वको टोलीले प्रदेश इन्चार्जका रुपमा भट्टको नामको बोर्ड पार्टी कार्यालयमा राखेको छ ।

त्यसक्रममा झडपपछि एमाले कार्यालयमा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्