Political Hightlights

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

हिमालय टिभी
२०७७ फागुन २६ गते १३:०६
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

२६ फागुन २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ।

पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

यस्तै बैठकले सरकार र संसदका विषयमा कांग्रेस र जसपासगँको छलफल तीब्र पार्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा एमालेतिर लागेका नेताहरुको विषयमा पनि छलफल भएको छ ।

हिजो सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईसँग छलफल गर्नु भएको थियो ।

हिजोको स्थायी कमिटी बैठक सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा मौन थियो । नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने र सत्ता समिकरणका लागि छलफललाई तिब्र पार्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्