Political Hightlights

नेता पण्डितले भने–प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ, बहुमत आउँछ

हिमालय टिभी
२०७७ फागुन २५ गते १६:३१
नेता पण्डितले भने–प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ, बहुमत आउँछ

२५ फागुन २०७७ काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमाले नेतृत्वको सरकार रहने दाबी गर्नु भएको छ ।

आज काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले यही सरकार पाँच वर्ष चल्ने दावीसमेत गर्नुभयो । उहाँले भन्नुभयो–‘यो सरकार पाँच वर्ष चल्छ । प्रतिनिधिसभाको कार्यकालभरि अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन् । आन्तरिक किचलो नेकपा एमलोभित्र अब हुँदैन् । हिजो नेकपा हुँदा जे÷जति किचलो थियो, त्यो अब त्यो रुपमा रहँदैन् । नेकपा एमाले एक ढिक्का भएर अघि बढ्ुछ । पार्टीको नेतृत्व पँक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्छ ।’

नेता पण्डितले अब एमाले नेतृत्वहरुले पार्टीलाई एक बनाउने र सरकारलाई सफल बनाउनेबाहेक अन्य क्रियाकलापहरु नगर्ने पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमलगायतका नेताहरुले अब नेकपा एमालेलाई बलियो बनाउनु हुनेछ । सरकारलाई बलियो बनाउने बाहेकको अन्य कुनै पनि गतिविधि वा क्रियाकलाप अब गर्नुहुन्न भन्ने मेरो विश्वास छ ।’

नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिए उहाँले विश्वासको मत लिनुहुन्छ कि राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नमा उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो–‘मैले नेताहरुले फिर्ता लिनुपर्छ कि भनेर सुनेको हुँ । तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेको कुरा मलाई थाहा छैन् । सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मत लिनुहुन्छ । विश्वासको मत बहुमत पुग्नेगरी आउँछ । यो सरकार ढल्दैन । अहिलेको अवस्थामा प्रधानमन्त्री फेरिने अवस्था देख्दिनँ । विश्वासको मत लिन्छु भनेपछि राजीनामाको कुरा आएन् ।’

उहाँले प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त हुनेमा आफू पूर्ण आशावादी रहेको बताउनुभयो । नेता पण्डितले प्रतिनिधिसभा विघटनसम्म पुग्न पार्टीको आन्तरिक विवाद नै मुख्य कारण भएको दावी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसद् पूनःस्थापना भयो । अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको स्थितिमा पुरायो । अब नयाँ शिराबाट फेरि दुई पार्टी अगाडि बढ्नुपर्ने स्थिति पैदा भएको छ । दुई वटा पार्टी एक हुनसक्ने आधार छन् । तर, परिस्थितिले एक हुने सम्भावना छैन् । भविष्यको निम्ति प्रश्न थाँती रहन गएको छ ।’

उहाँले यसअघि नेकपाको रहेको सरकार नेकपा एमालेको सरकारमा रुपान्तरित भएको दावी पनि गर्नुभयो । उहाँले भन्नुभयो–‘नेकपा एमाले फेरि पूनर्गठित हुनुपर्ने अवस्थामा पुगेको छ । नेकपा माओवादी केन्द्र पनि पूनर्गठित हुनुपर्ने अवस्थामा छ । मैले शुरुदेखि नै सार्वजनिक सञ्चारमाधयममा पनि पूनःस्थापना हुनुपर्छ भनेको थिएँ । मैले सरकारको विरोधमा अविश्वासको प्रस्ताव आउँदैन भनेको थिएँ । मैले एकताको प्रस्ताव उठाएको थिएँ ।’

पण्डितले छिट्टै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेताहरुबीच छलफल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘अब पार्टीक नेताहरुका बीचमा अब छलफल शुरु हुन्छ । र, अब संसदभित्र पनि हिजो जुन पहिलो बैठकमा केही देखियो । त्यो कुरा अब हुँदैन् । र, म त अझै अगाढि बढेर भन्छु कि–सरकारलाई बलियो बनाउने सन्दर्भमा, स्थायित्व दिने सन्दर्भमा, समर्थन जुटाउने समर्थनमा, पार्टीभित्र आफ्नो भूमिकालाई केही पहिलाको विवादित समयलाई बिर्सिएर अग्रणी भूमिका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले खेल्नुहुन्छ । अब एक भएर अगाडि बढ्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्