भावी सत्ता समीकरणबारे छलफल गर्न जसपा संसदीय दलको बैठक बस्दै
२५ फागुन २०७७ काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र भावी सत्ता सहयात्राका बारेमा छलफल गर्न जनता समाजवादी पार्टी संसदीय दलको बैठक बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने पनि कार्सूचि छ । उपेन्द्र यादव र डा बाबुराम भट्टराईले नेतृत्व गरेको संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बने पनि अहिलेसम्म संसदीय दलको नेता चयन हुन सकेको छैन ।
उनीहरुका दलका कार्यालय पनि अहिलेसम्म फरकफरक नै छन् । नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । तर सत्ता समीकरणको विषयलाई लिएर यी दुई दलमा एकमत छैन ।
महन्थ ठाकुर र राजेन्द्र महतो केपी शर्मा ओली नेतृत्वको सरकारमा जान इच्छुक देखिनु भएको छ भने उपेन्द्र यादव र बाबुराम भट्टराईले ओलीका पछिल्ला कदमको चर्को विरोध गरिरहनु भएको छ ।
आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था र आगामी दिनमा संसदमा खेल्नुपर्ने भूमिकाबारे पनि छलफल हुने नेता राजकिशोर यादवले बताउनुभयो ।
प्रतिक्रिया