Political Hightlights

नेता-कार्यकर्ता थुनामुक्त नभएकोमा जनाए विप्लवले आपत्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २४ गते १९:३१
नेता-कार्यकर्ता थुनामुक्त नभएकोमा जनाए विप्लवले आपत्ति (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सहमति अनुसार सरकारले आफ्नो पार्टीका नेता कार्यकर्ता थुनामुक्त नगरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

सार्वजनिक भएपछि पहिलो पटक गृहजिल्ला कपिलवस्तुमा सार्वजनिक कार्यक्रममा उपस्थित भएका महासचिव विप्लवले सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलनमा महासचिव विप्लवले सहमति कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

आफुहरुमाथि प्रतिवन्ध लगाएर सरकारले गलत काम गरेको भन्दै उहाँले आलोचना पनि गर्नुभयो । संसदीय व्यवस्थाबाट जनताका समस्या समाधान नहुने पनि बताउनुभयो ।

आफुहरुसँग हतियार नरहेको र प्रतिबन्धका बेला पनि गोली नचलाएको विप्लवको दाबी थियो । संसदीय व्यवस्थाकाविरुद्ध अब संघर्ष गर्ने उहाँले बताउनुभयो ।

महासचिव चन्दले प्रचण्ड र बाबुरामले न्याय र समानताको मुद्दा बिर्सेकाले अहिले समस्यामा परेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्