Political Hightlights

देउवा भन्छन्–म प्रधानमन्त्रीको दौडमा छैन, पौडेलले भने–संसदको गतिरोध हटाउनुपर्छ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २२ गते १७:१३
देउवा भन्छन्–म प्रधानमन्त्रीको दौडमा छैन, पौडेलले भने–संसदको गतिरोध हटाउनुपर्छ (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री पद आफ्नो चाहना नभएको समेत प्रष्टिकरण दिनुभयो ।

विपक्षी दलको नेता सधै वेटिङ प्राइममिनिस्टर हुने भन्दै उहाँले अहिले भने पार्टीलाई एक बनाएर लैजाने जिम्मेवारी आफुमा आएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पहिलो प्राथमिकता संसदको गतिरोध हटाउने भएको बताउनुभयो । संसदीय प्रणालीको संरक्षक आफूहरु भएको भन्दै उहाँले अरु आकांक्षा नराखी संसदीय प्रणालीको डेडलक हटाउनेतिर ध्यान दिनुपर्ने बताउनुभयो ।

नेता शेखर कोइरालाले आगामी निर्वाचनमा सफलता पाउने गरी रणनीति बनाउनुपर्ने बताउनुभयो । नेकपा हालसम्म विभाजन नभएको भन्दै अहिले नै कुनै कदम चाल्दा अप्ठेरो हुन सक्ने उहाँको दाबी छ ।

नेता कोइरालाले भातृ संगठनको अधिवेशन नगरी निस्क्रिय बनाए पार्टी बनाउन सम्भव नहुने समेत बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्