Political Hightlights

सत्ता समीकरणबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आज बस्दै

हिमालय टिभी
२०७७ फागुन २१ गते ७:५२
सत्ता समीकरणबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आज बस्दै

२१ फागुन २०७७ काठमाडौं । पछिल्लो राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक दिउँसो सिंहदरवारमा बस्ने छ । नयाँ सत्ता समीकरणबारे साझा धारणा बनाउने प्रयास स्वरुप बसेको हिजो बसेको कांग्रेसको पदाधिकारी बैठक विना निष्कर्ष सकिएपछि आज संसदीय दलमा छलफल हुन लागेको हो ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले राजनीतिक निकासका विभिन्न पक्षमा छलफल गरेपनि साझा धारणा बनाउन सकेन । अब कांग्रेसले संसदीय दलमा आफ्ना सांसदको धारणा लिएर मात्रै यसबारे निर्णय लिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

आज नै नेकपा प्रचण्ड नेपाल समूहले कांग्रेसका पदाधिकारीसँग छलफल गर्ने बताएको छ । कांग्रेसभित्र पुनर्स्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्नेमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच फरकफरक मत रहदै आएको छ ।

सभापति, महामन्त्री लगायतका पदाधिकारीहरु कांग्रेस निर्णायक हुने गरी परिवर्तित अवस्थाको उपयोग गर्ने पक्षमा छ भने रामचन्द्र पौडेल समूह नेकपाको ओली समूह बाहेकको शक्तिसँग मिलेर राजनैतिक निकास दिनुपर्ने पक्षमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्