Political Hightlights

सरकार विप्लव समूहको पहिलो चरणको वार्ता, सकारात्मक रहेको प्रतिक्रिया

हिमालय टिभी
२०७७ फागुन १९ गते १३:०८
सरकार विप्लव समूहको पहिलो चरणको वार्ता, सकारात्मक रहेको प्रतिक्रिया

१९ फागुन २०७७ काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनुभएको छ ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र सदस्य डाक्टर राजन भट्टराई विप्लव नेकपाका प्रवक्ता खडकबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने सहभागी हुनुहुन्थ्यो ।

वार्ताका विषयमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर आजको वार्तामा आगामीका वार्ताका लागि मोडालिटीसम्बन्धी प्रारम्भिक छलफल भएको बताइएको छ ।

यससँगै नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसँग थुनामा रहेका विप्लव नेकपाका समूहका नेता कार्यकर्ताको विस्तृत विवरण झिकाएर अर्को चरणमा थप छलफल गरिनेछ ।

वार्ता भोलि फेरि हुनेछ । सरकार र विप्लव नेकपाले हिजो वार्ता टोली बनाएर सार्वजनिक गरेका थिए । र, त्यसको अर्को दिन वार्ता भएको छ । सरकारले वार्ता सफल हुने दावी गर्दै आएको छ ।

आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव नेकपामाथि माथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्