Political Hightlights

नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज, किन मागियो नागरिकता र पार्टी परिचयपत्र ?

हिमालय टिभी
२०७७ फागुन १९ गते ७:३६
नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज, किन मागियो नागरिकता र पार्टी परिचयपत्र ?

१९ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।

बैठकमा संसद् पुनःस्थापनापछि विकसित राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरेपछि प्रचण्ड–नेपाल पक्ष नयाँ सरकार गठनका लागि अन्य दलसँग समीकरण निर्माणको कोसिसमा छ।

आजको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिइएको छ । राजनीतिक रूपमा नेकपा विभाजित भए पनि निर्वाचय आयोगले निर्णय नगरेकाले कुन दल आधिकारिक भन्ने अन्योल छ।

आयोगमा आधिकारिकता पुष्टिका लागि आवश्यक परे कागजातसमेत पेस गर्नुपर्ने भएकाले आजको बैठकमा नागरिकता र पार्टी सदस्यताको परिचय पत्र बोकेर आउन भनिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्