Political Hightlights
सरकारसँग वार्ताका लागि यस्ता छन् विप्लवका तीन एजेण्डा
२०७७ फागुन १८ गते १७:०९
१८ फागुन २०७७ काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले वार्ताका तीन वटा विषय सार्वजनिक गर्नुभएको छ ।
वार्ता टोलीको विवरण सार्वजनिक गर्ने क्रममा विप्लवले विज्ञप्ति निकालेर तीन वटा विषय तोक्नुभएको हो । विप्लवले सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न पार्टी सहमत भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषय के हुन् र त्यसभित्र के पर्छन् भनेर प्रष्ट पारिएको छैन ।
तर विप्लव समूहले पहिलेदेखि अहिलेको संसदीय व्यवस्थाबाट समाधान ननिस्कने भन्दै वैज्ञानिक समाजवादी व्यवस्थामा जोड दिँदै यो व्यवस्थाका विषयमा जनमत संग्रह हुनुपर्ने मत सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया