Political Hightlights
प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्न सरकारद्वारा दुई सदस्यीय वार्ता टोली गठन
२०७७ फागुन १८ गते १३:३५
१८ फागुन २०७७ काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टीसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ ।
सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली बनाएको नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।
टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सदस्य हुनुहुन्छ । दुवै पक्षबीचका अनौपचारिक छलफलपछि वार्ताको सहज वातावरण बनेको निष्कर्षका साथ सरकारले वार्ता टोली गठन गरेको हो ।
अब विप्लव समूहले पनि वार्ता टोली सार्वजनिक गरेपछि औपचारिक वार्ता अघि बढ्नेछ । विप्लव समूहले पनि वार्ता टोलीका सदस्यको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।
वार्ता अघि विप्लव समूहले काठमाडौंमा सार्वजनिक कार्यक्रम गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया