Political Hightlights

प्रचण्ड–नेपाल समूहले यसअघि दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने

हिमालय टिभी
२०७७ फागुन १७ गते १५:०६
प्रचण्ड–नेपाल समूहले यसअघि दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने

१७ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले संसद् विघटन भएकै दिन पुस ५ गते संसद् सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अगाडि नबढाउने भएको छ ।

शून्य समयको प्रस्तावको कानूनी हैसियतमा प्रश्न उठ्ने र यसलाई अगाडि नबढाउनु नै उपयुक्त हुने भएकाले पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव के होला ? भन्ने चासो व्याप्त भैरहेका बेला प्रचण्ड–नेपाल समूहले अघि नबढाउने निर्णय गरेको हो ।फागुन ११ मा सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेपछि यसलाई निकै चासोका साथ हेरिएको थियो ।

राजनीतिक र कानूनी समस्याका कारण प्रचण्ड–नेपाल समूह अघि बढ्न नसकेको हो । संसद विघटनको अवधिलाई सर्वोच्चले शून्य समय मानेको छ ।

शून्य समयको प्रस्तावको कानूनी हैसियतमा प्रश्न उठ्ने भएकाले यसलाई अगाडि नबढाउनु नै उपयुक्त हुने नेकपाको निष्कर्ष छ । अब नयाँ ढंगले अविश्वास प्रस्तावका विषयमा अरु दलसँग छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार नयाँ पृष्ठभूमिमा अविश्वासको प्रस्ताव वा सरकार परिवर्तनको प्रक्रिया अगाडि बढ्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्