Political Hightlights

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीले दिए यस्तो चुनौती

हिमालय टिभी
२०७७ फागुन १६ गते १९:०५
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीले दिए यस्तो चुनौती

१६ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–नेपाल समूहलाई चुनौती दिनुभएको छ ।

झापाको कमलगाउँपालिका–७ झर्काहामा चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यासपछिको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिनुभएको हो ।

अदालतले संसद् पुनर्स्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने नसोच्न पनि उहाँले चेतावनी दिनुभयो । कुनै पनि हालतमा सरकार ढल्न सम्भव नभएको दावी गर्दै प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव पारित भए पद छोडेर चुनावबाट दुई तिहाई लिएर आउने दावी गर्नुभयो ।

प्रधानमन्त्री ‌ओलीले पद, पैसा र परिवारमा ध्यान रहेको भन्दै प्रचण्ड–नेपालको चर्को आलोचना गर्नुभयो । उहाँले माधव नेपाललाई मिस्टर हेल्लो र प्रचण्डलाई कम्फर्टेबल भन्दै कटाक्ष गर्नुभयो ।

जनताले ल्याएको परिवर्तन जनताले रक्षा गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्