Political Hightlights

राष्ट्रपतिले इमान्दारितासाथ काम नगरेको कांग्रेस नेता सिंहको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १५ गते १८:४१
राष्ट्रपतिले इमान्दारितासाथ काम नगरेको कांग्रेस नेता सिंहको आरोप (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दारिताका साथ काम नगरेको आरोप लगाउनुभएको छ ।

स्वास्थ्य दर्पण पत्रिकाले आयोजना गरेको कार्यक्रममा नेता सिंहले राष्ट्रपति रबर स्ट्याम्प बनेका कारण देशमा राजनीतिक समस्या बढेको बताउनुभयो ।

अहिलेको परिस्थिति आउनुमा नागरिक पनि उतिकै जिम्मेवार रहेको सिंहले बताउनुभयो । ठूला ठुला गफ गर्नेलाई मत दिएकै कारण देशको शासन सत्ता गलत व्यक्तिको हातमा पुगेको कांग्रेस नेता सिंहले बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अलिकति पनि नैतिकता नभएको आरोप पनि लगाउनुभयो ।

अहिलेको सरकार चारैतिर भ्रष्टाचारले घेरिएको भन्दै उहाँले पाएको अवसर सदुपयोग गर्न नसक्नेले ठुला कुरा गर्नु लाजमर्दो भएको बताउनुभयो ।

राजनीति सेवाभावले गरिनु पर्नेमा जोड दिँदै सिंहले केही दल र नेताले राजनीतिलाई कमाउ पेशा बनाएको र त्यसकै कारण सिङ्गो राजनीतिक प्रणालीमाथि प्रश्न चिन्ह खडा भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्