Political Hightlights

नेकपा ओली समूहले देव गुरुङलाई मुख्य सचेतकबाट हटायो, विशाल भट्टराई मनोनित

हिमालय टिभी
२०७७ फागुन १४ गते १६:२९
नेकपा ओली समूहले देव गुरुङलाई मुख्य सचेतकबाट हटायो, विशाल भट्टराई मनोनित

१४ फागुन २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीको ओली समूहले देव गुरुङलाई संसदीय दलको मुख्य सचेतकबाट हटाएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई मुख्य सचेतकको जिम्मेवारी दिनुभएको छ ।

संसदीय दलको विधान २०७५ को दफा १३ बमोजिम भट्टराईलाई संसदीय दलका नेता ओलीले मनोनित गरेको ओली समूहले जनाएको छ ।

ओली समूहका सक्रिय केन्द्रीय सदस्य भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आम चुनावमा खोटाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

पार्टी एकताका लागि फेरि प्रयास हुने चर्चा चलिरहेका बेला ओली समूहले गुरुङलाई हटाएर भट्टराईलाई जिम्मेवारी दिएको छ ।

नवनियुक्त मुख्य सचेतक भट्टराईले फागुन २३ गतेसम्ममा संसद अधिवेशन बोलाउने प्रधानमन्त्रीले बताएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्