Political Hightlights

नेकपा पुनः एकताका लागि बढ्यो दुवै समूहका दोस्रो पुस्ताको सक्रियता

हिमालय टिभी
२०७७ फागुन १४ गते १३:४५
नेकपा पुनः एकताका लागि बढ्यो दुवै समूहका दोस्रो पुस्ताको सक्रियता

१४ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट संसद् पुनर्स्थापना भएलगत्तै नेकपाको दुवै समूहका दोस्रो पुस्ताका नेताहरू पुनः एकताको सम्भावनाको खोजीमा जुटेका छन् ।

नेताहरु विष्णु पौडेल, घनश्याम भुसाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, जनार्दन शर्मा, योगेश भट्टराईलगायतका नेताहरूले एकताको सम्भावनाबारे प्रारम्भिक छलफल चलाएका छन् ।

मुख्य विषय पार्टी एकता जोगाउने भएकाले त्यसका लागि केही नयाँ पहल शुरु गरेको र शीर्ष नेताहरूसँग संवाद गर्न बाँकी रहेको नेता भुसालले बताउनुभयो ।

पुनर्स्थापनापछि अर्को पार्टीको नेतृत्वमा सरकार बनाएर जाँदा जनमतको अपमान हुने भएकाले शीर्ष तहका नेताहरूको सम्मानजनक व्यवस्थापन हुने गरी पार्टीलाई पुनः एकताबद्ध बनाउने विषयमा उनीहरूले छलफल केन्द्रित गरेका छन् ।

यसमा ओली पक्षका नेताहरू पनि सकारात्मक देखिएको भुसालले बताउनुभयो । छलफलमा ओली पक्षले सम्मानजनक भूमिका नहुने अवस्थामा एकता सम्भव नहुने बताएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्