Political Hightlights
नेकपा ओली समूहको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित
२०७७ फागुन १३ गते १५:५३
१३ फागुन २०७७ काठमाडौं । नेकपा ओली समूहले आजका लागि बोलाएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ ।
बैठक हिजो केहीबेर बसेर आजसम्मका लागि स्थगित गरिएको थियो । तर आज बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको परराष्ट्र मन्त्रीसमेत रहेका ओली समूहको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
हिजोको बैठकमा केही सदस्यले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने सुझाव दिएका थिए ।
सर्वोच्चको फैसला अनुसार नै संसद् बैठक बोलाउन स्थायी कमिटी सदस्यले सुझाव दिएपछि सरकारले त्यसअघि नै बैठक बोलाउने बताएकाले सोही अनुसार निर्णय गरिएको थियो ।
प्रतिक्रिया