Political Hightlights

प्रचण्ड र नेपालले गरे कांग्रेस सभापति देउवालाई यस्तो प्रस्ताव

हिमालय टिभी
२०७७ फागुन १२ गते १५:०५
प्रचण्ड र नेपालले गरे कांग्रेस सभापति देउवालाई यस्तो प्रस्ताव

१२ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर जान प्रस्ताव राख्नुभएको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई मंगलबार बदर गरेपछि भोलिपल्टै प्रचण्ड र नेपालले देउवासँग छलफल गर्नुभएको हो ।

प्रचण्ड र नेपालले सँगै मिलेर अघि बढ्न गरेको आग्रहको जवाफमा कांग्रेस सभापति देउवाले भने पार्टीभित्र छलफल गरेर अब कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने बताउनुभएको छ ।

देउवाको सचिवालयका अनुसार त्यसका लागि छलफल गर्न कांग्रेसको शीर्ष नेताहरुसहित पदाधिकारीहरुको बैंठक भोलि देउवा निवासमा बोलाइएको छ ।

संसद पुनर्स्थापना भएपछि नयाँ सरकार बनाउन नेकपाको प्रचण्ड– नेपाल समूहले सक्रियता बढाएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय मंगलबार बदर गरेपछि अब नयाँ सरकार बनाउने कसरत शुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्