Political Hightlights

शिक्षमन्त्री श्रेष्ठले भने–कायर हो र कसैले माग्दैमा राजीनामा दिन ?

हिमालय टिभी
२०७७ फागुन १२ गते १३:२३
शिक्षमन्त्री श्रेष्ठले भने–कायर हो र कसैले माग्दैमा राजीनामा दिन ?

१२ फागुन २०७७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताउनुभएको छ ।

मन्त्री श्रेष्ठले आफुहरु राजीनामा दिने खालको कायर नभएको टिप्पणी पनि गर्नुभयो । सीटीईभीटीईको ३३ औं वार्षिकउत्सवमा बोल्दै उहाँले संसद बैठक शुरु भएपछि प्रधानमन्त्री ओलीले अविश्वास प्रस्ताव फेस गर्ने बताउनुभयो ।

संसद पुनर्स्थापना भएलगत्तै केही नेताले कसैकसैलाई प्रधानमन्त्रीको सपना बाँडेको दाबी गर्दै उहाँले सपनाले मात्रै प्रधानमन्त्री हुन नसकिने बताउनुभयो ।

अबको प्रधानमन्त्री पनि केपी ओली नै हुने र उहाँले नै चुनाव गराउने मन्त्री श्रेष्ठको दाबी छ । आफुहरुले १३ गते फैसला आउने अपेक्षा गरेको तर प्रधानमन्त्री जन्मदिन मनाइरहेका बेला एकाएक फैसला सुनाएर सर्वोच्चले गल्ती गरेको पनि उहाँले आरोप लगाउनुभयो ।

यो फैसलाबाट राजनीतिक मैदान खुला भएको भन्दै उहाँले अब मैदानमा उत्रिएर गोल गर्ने दाबी गर्नुभयो । उहाँले आफ्नो दलसँग पेले, रोनाल्डो, म्यारोडोना र मेसी जस्ता खेलाडी रहेको तर्क पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्