Political Hightlights

उपप्रधानमन्त्री पोखरेलले भने–फैसला माने पनि सम्मान गर्न सकिन्नँ

हिमालय टिभी
२०७७ फागुन १२ गते ९:१३
उपप्रधानमन्त्री पोखरेलले भने–फैसला माने पनि सम्मान गर्न सकिन्नँ

१२ फागुन २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतलको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने दाबी गर्नुभएको छ ।

ताजा जनादेशमार्फत देशको समस्या समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयासलाई कानूनी आवरणमा निस्तेज पारिएको पोखरेलले आरोप लगाउनुभएको छ ।

नेकपा ओली समूहका सचिवालय सदस्य पोखरेलले सामाजिक सञ्जाल ट्विटरमा सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने तर्क गर्दै निर्णयलाई माने पनि सम्मान गर्न नसकिने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्