Political Hightlights

प्रधानमन्त्री ओलीले बोलाए ११ बजे स्थायी कमिटिको बैठक

हिमालय टिभी
२०७७ फागुन १२ गते ९:०८
प्रधानमन्त्री ओलीले बोलाए ११ बजे स्थायी कमिटिको बैठक

१२ फागुन २०७७ काठमाडौं । संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको आदेशपछि आज प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । कामचलाउ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिनुभएको थियो । मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो ।

यससँगै ओलीसँग पदबाट राजीनामा दिने वा संसदमा बहुमत सावित गर्ने दुई विकल्प छन् । तर संसदमा ओली पक्षको बहुमत पुग्दैन ।

तर, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने प्रतिक्रिया सार्वजनिक गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्