Political Hightlights

सर्वोच्च अदालतले गर्ने फैसला सरकारलाई स्वीकार्यः उपप्रधानमन्त्री पोखरेल

हिमालय टिभी
२०७७ फागुन ११ गते १२:५५
सर्वोच्च अदालतले गर्ने फैसला सरकारलाई स्वीकार्यः उपप्रधानमन्त्री पोखरेल

११ फागुन २०७७ चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला सरकारलाई स्विकार्य हुने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएको भनेर समाचार सार्वजनिक भइरहेका बेला ओली निकट पोखरेलले भने सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने बताउनुभयो ।

ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा उपप्रधानमन्त्री पोखरेलले सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई शिरोधार्य गर्दै अघि बढ्नु सबैको कर्तब्य हुने बताउनुभयो ।

सरकारविरोधी दलहरुले निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमनको संज्ञा दिएको चर्चा गर्दै पोखरेलले जनतामा जाने कुरा कहिले पनि अलोकतान्त्रिक नहुने बताउनुभयो ।

निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने भन्दै उपप्रधानमन्त्री पोखरेलले जनमतमार्फत् सबैको हित हुने बताउनुभयो । पोखरेलले नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भएकाले निर्वाचन आयोगले सूर्य चुनाव चिह्न आफूहरुलाई नै दिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्