आर्थिक

कपासमा रोग र किराको प्रकोप, उत्पादन र किसानको आम्दानी घट्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १० गते १४:३४
कपासमा रोग र किराको प्रकोप, उत्पादन र किसानको आम्दानी घट्यो  (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ काठमाडौं । रोग र किराको प्रकोपका कारण यो वर्ष कपासको उत्पादन घटेको छ । बाँकेस्थित कपास विकास समितिले करिब एक सय टन कपास उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर उत्पादन भने करिब ७० टन मात्रै भएको छ । किसानले पनि राम्रो भाउ नपाएको गुनासो गरेका छन् ।

सरकारी अनुदानका पाइने भएकाले बाँके, बर्दिया र दाङका करिब २ सय २५ जना किसानले यो वर्ष ८० हेक्टरमा कपास खेती गरेका छन् । सिंचाइको सुविधा नभएको र अन्य बाली नहुने ठाउँमा किसानले कपास खेती गरेका हुन् । तर कपास खेतीमा दुःख अनुसारको मूल्य नपाएको किसानको गुनासो छ ।

कपास विकास समितिले रोप्ने बेलामै खरिद मूल्य तोकेर किसानले उत्पादन गरेको कपास किसानको घर आगनमै पुगेर खरिद गर्दै आएको छ । तर यो वर्ष उत्पादन पनि घटेको छ । अघिल्ला वर्षमा तीन पटक कपास टिप्ने किसानले यो वर्व दुई पटक मात्रै टिप्न पाउने भएका छन् ।

लकडाउनका कारण यो वर्ष किसानले सहज रुपमा किटनाशक विषादी समेत पाउन सकेनन् । लकडाउनका कारण किराको प्रकोप भएका बेला कृषि प्राविधिक पनि किसानको खेतबारीमा पुग्न नसक्दा रोग र किराले कपास बालीमा धेरै नोक्सान पुर्‍यायो ।

कपास खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले कपास विकास समितिले बिउ, विषादी र विषादी छर्ने टंकीमा ५० प्रतिशत अनुदान दिएर कपास खेतीका लागि किसानहरुलाई प्रेरित गर्दै आएको छ । तर किसानले अनुदान कम भएको बताएका छन । उनीहरुले कपासको भाउ बढाउन माग पनि गरेका छन ।

यो वर्ष समितिले दानासहितको कपास प्रति केजी ८५ रुपैयाँका दरले खरिद गर्दै आएको छ । समितिले यो बर्ष किसानहरुबाट ६० टन कपास खरिद गरि सकेको छ । अझै करिब १० टन कपास खरिद गर्न बाँकी भएको समितिले जनाएको छ ।

बिउसहितको कपासलाई प्रशोधन गरी रेसा तथा दानलाई अलग गरी समितिले प्रशोधित कपास प्रति केजी २ सय १८ रुपैयाँमा बिक्री गर्दै आएको छ । हेटौंडा कपडा उद्योग तथा बुटबल धागो उद्योग बन्द भए पछि कपासको माग पनि घट्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *