Political Hightlights
नागरिकसँग माफी मागेर प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विवेकशील साझा पार्टीको माग
२०७७ फागुन १० गते १३:२९

१० फागुन २०७७ काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकसँग माफी मागेर राजीनामा दिनुपर्ने बताउनु भएको छ ।
विभिन्न जिल्लाबाट आएर काठमाडौंमा पढ्दै गरेका युवाहरूसँगको छलफलमा अध्यक्ष पाण्डेले प्रधानमन्त्री ओलीले राजीनमा दिए देश, संविधान र लोकतन्त्रको भलो हुने टिप्पणी गर्नुभयो ।
उहाँले अब युवाले ओलीको पुस्तालाई नै विस्थापन गरी नेतृत्व लिनुपर्ने बताउनु भयो ।
प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमपछि उत्पन्न संकटले संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याएको मात्र नभएर युवाहरूमा गम्भीर नैरास्यता पनि उब्जिएको पाण्डेको भनाइ छ ।
प्रतिक्रिया