Political Hightlights

चुनाव भए सिके राउतको पार्टीले पनि भाग लिने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ९ गते १८:१५
चुनाव भए सिके राउतको पार्टीले पनि भाग लिने (भिडियो रिपोर्टसहित)

९ फागुन २०७७ भैरहवा । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले चुनाव हुने अवस्थामा आफ्नो पार्टी सहभागी हुने बताउनु भएको छ ।

भैरहवामा आज भएको पत्रकार सम्मेलनमा अध्यक्ष डा. राउतले वास्तविक रुपमा निर्वाचनका लागि तयार नभए पनि निर्वाचन हुने अवस्थामा भने पार्टीले भाग लिने स्पष्ट गर्नुभयो ।

अध्यक्ष राउते संसद् विघटनलाई असामान्य र सोच्नैपर्ने बाध्यात्मक परिस्थितिका रुपमा लिएको बताउनुभयो ।

उहाँले लोकतन्त्र र दलीय व्यवस्थालाई जति सरापे पनि त्यसको विकल्प नरहेको दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्