Political Hightlights
प्रदेश १ प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश, सत्तापक्षबाट बहिस्कार
२०७७ फागुन ९ गते १६:२७

९ फागुन २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।
संसद बैठकमा नियमित कार्यसूची अनुसार राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको हो ।
प्रधानमन्त्रीबाट संविधानमा नभएको व्यवस्था र नभएको अधिकारलाई प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्नु प्रतिगामी कदम भएकाले प्रदेशमा पनि आफूहरुले अविश्वासको प्रस्ताव पेश गरेको प्रचण्ड–नेपाल समूहका नेता इन्द्रबहादुर आङबोले बताउनु भयो ।
मुख्यमन्त्रीले प्रधानमन्त्रीको बाध्यात्मक कदम भन्नुभयो तर, हामीले यो कदमलाई अस्वीकार गर्यौं भन्दै उहाँले लोकतान्त्रिक विधिमैं रहेर अविश्वासको प्रस्ताव दर्ता गरेको बताउनु भयो ।
प्रस्ताव पेश भएलगत्तै बैठक फागुन २० गते बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया