Political Hightlights

सरकारसँग वार्तामा बस्न प्रतिबन्धित विप्लव समूह सकारात्मक (विज्ञप्तिसहित)

हिमालय टिभी
२०७७ फागुन ८ गते १६:४४
सरकारसँग वार्तामा बस्न प्रतिबन्धित विप्लव समूह सकारात्मक (विज्ञप्तिसहित)

८ फागुन २०७७ काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ ।

महासचिव विप्लवले आज विज्ञप्ती निकालेर सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताउनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ–आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौ ।

यसबीचमा सरकार र विप्लव नेकपाबीच अनौपचारिक संवाद चलिरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्